पृष्टभुमि

श्री पुनर्वास जनता माध्यामिक विद्यालय पुनर्वास छेत्र को जेठो माध्यामिक हो । यो विद्यालय कंचनपुर जिल्लाको  माध्यामिक विद्यालय स्थपनाको क्रममा तेस्रो विद्यालय हो । यो विद्यालयको नाम वाटै थाहा हुन्छ कि पुनर्वास छेत्र मा स्थापित भएको पहिलो माध्यामिक विद्यालय हो । यो छेत्र पुर्वान्चल देखी सुदुर्पश्चिम्आन्चल का बिभिन्न जाती जन जाती तथा दलित हरुको साझा थलोको रुप मा विकसित भैरहेको छ । जिल्लाको अन्य छेत्र भन्दा यहाँ जो कोहिले पनि फरक सामाजिक तथा सस्कृतिको झ लक पाउन सक्छ । यहाँ विविधता मा एकता स्थापित भएको छ भन्दा सा य दैइ अपत्त्यारिलो होला । पहाड्का विभिन्न  छेत्रबाट झरेका पुनर्वासी विच अहिले सामाजिक एकता स्थापित भएको छ । यसको श्रेय श्री पुनर्वास जनता उ. मा. वि. लाई जानु स्वभाविक हो । कसैको यसमा विमति हुन सक्छ तर विभिन्न सामाजिक सास्कृतिक पृष्टभुमि भएको जनजातिको बाल बालिका हरुलाई शिक्षा प्रदान गरेर उनिहरुमा एकता स्थापना गर्न यस विद्यालयले महत्वपूर्ण योगदान दिएको छ ।