विद्यालयसँग सम्वन्धित विवरण (ईतिहास)

श्री पुनर्वास जनता उच्च मा.वी. कंचनपुर जिल्लाको त्रिभुवनवस्ती गा.वि.स वडा न १ मा टाउन बजारको ठिक दक्षिणमा अवस्थित यस क्षेत्रको सबैभन्दा जेठो माध्यमिक विद्यालय हो । यसको स्थापना २०३३ साल पौष १० गते तत्कालिन नेपाल पुनर्वास योजना कार्यालयका प्रमुख श्री बुद्धिबहादुर बुढाथोकी ज्युको पहल र सकृयतामा स्थापित भएको थियो । यस जिल्लाको मा.वी. स्थापनाको वरियता क्रमानुसार यो विद्यालय तेश्रो विद्यालय हो ।

तत्कालिन कक्षा ८ मा अध्ययन गर्ने विध्यार्थिहरुको सङ्ख्या २९ थियो । विद्यालयको स्थापनाको प्राराम्भिक कालमा यो विद्यालय ८-१० का माध्यमिक विद्यालय थियो । विद्यालय सन्चालनार्थ २०३३ साल पौष १० गते श्री ५ को सरकारले स्विकृत दिएको भएता पनि विद्यालयको औपचारीक उद्घाटन उक्त सालको पौषको १४ गते भएको थियो । तसर्थ यस विद्यालयको वार्षिकोत्सव समारोह हरेक सालको पौष १४ गते हुने गर्दछ । विद्यालयको औपचारीक प्रा.वी तहा स्थापित भएको थियो । स्थानिय अभिभावकहरुको सकृय सहभागितामा स्थानिय प्रा.वी तहका कक्षाहरु सन्चालानार्थ विद्यालयको हाता भित्र एउटा ५ कोठे टहरो निर्मण गरिदिएको थियो ।

२०४५ सालसम्म प्रा.वी तहका विध्यार्थिहरुको पठन पाठन उक्त टहरोमा नै हुने गर्थ्यो । २०४५ सालमा नेपाल पुनर्वास कम्पनीले एउटा चार कोठे पक्की भवन निर्माण गरिदिएको थियो ।२०३४ सालमा विद्यालयले स्थानिय अभिभावक सङ्घ संस्था र पु.क को सहयोगमा ६ कोठे भवन र उक्त भवन मा २ कोठे तत्कालिन जि.प ले निर्माण गरिदिएको थियो ।२०४९ सालामा विद्यालयले आफ्नै श्रोतबाट चार कोठे भवन को निर्माण गरेको थियो र यस प्रकार अब कक्षा १ देखी १० सम्मका सबै विध्यार्थी को लागि पुग्ने कक्षा कोठाहरु र बस्न पुग्ने फर्निचरहरु व्यवस्था भएको र विद्यालयमा कार्यरत शिक्षक तथा स्थानिय अभिभावक हरुको सकृय सहयोगमा चन्दा सङ्कलन गरेर यस विद्यालयलाई उच्च मा.वी का कक्षाहरु सन्चालन गर्ने अनुमती उ.मा.शिक्षा परिषदबाट मिती २०५२ साल चैत्र १९ गते प्राप्त भएको थियो ।यस विद्यालयको भौतिक विकासको उ.मा.शिक्षा परिषदले २०५८ साल मा चार कोठे भवन निर्माण गरिदिएर ठुलो सहयोग पुर्याएको छ र यसको साथै विद्यालयको हाता भित्र अमेरिकि स्वयम्सेविका सुश्री सुयलनको सकृय सहयोगमा दुईवटा पुस्तक राख्ने कोठाहरु र एउटा वाचनालयको लागि एउटा हल समेत भएको पुस्तकालय भवन निर्माण २०५५ साल मा गरिएको थियो ।
उक्त पुस्तकालयको लागि भारतिय राज्दुतावास, वृटिस काउन्सिल ,अमेरिकन पिस्कोर नेपाल स्थित कार्यालय तथा उ.मा.शिक्षा परिषदबाट पुस्तकहरु उपलब्ध भएका थिए । अहिले हरेक साल विद्यालयले रु.२५ हजार बराबर को पुस्तक हरु खरिद गर्ने लक्ष्य लिएको छ । यस पुस्तकालयमा हरेक स्तारका विध्यार्थी हरुका लागि पाठ्य सामाग्री तथा शिक्षक हरुको लागि सन्दर्भ सामग्री उपलब्ध छन् । शिक्षक विध्यार्थिले पुस्तकालयको सुविधाको उपभोग गरिरहेका छन् ।
यस प्रकार यस विद्यालयको बिकासमा विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरु तथा स्थानिय अभिभावकज्युहरुको अतुलनिय योग्दान रहेको छ । यस्को लागि सम्वद्ध सबै प्रती विद्यालय आभार व्यक्त गर्न चाहन्छ ।